Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए कुवेतले आगामी २३ डिसेम्बरमा अन्तर-नेपाली खुला फुटबल प्रतियोगिता आयोजना गर्ने

एनआरएनए कुवेतले आगामी २३ डिसेम्बरमा अन्तर-नेपाली खुला फुटबल प्रतियोगिता आयोजना गर्ने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

मंसिर २६, २०७९ सोमवार • ०६:२९:२६ बजे
  • 3.6K
    SHARES
  • एनआरएनए कुवेतले आगामी २३ डिसेम्बरमा अन्तर-नेपाली खुला फुटबल प्रतियोगिता आयोजना गर्ने

    कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३, २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ। उक्त फुटबल प्रतियोगिताकोलागि खेलकुद मैदान छनाैट तथा ट्रफी, मेडल तथा कप छनाैटको काम टुंगो लागिसकेको  संघका खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन् ।

    images

    नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाइ कर्मभुमी बनाइ कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थितिमा उक्त प्रतियोगिता आयोजना गरिनेबताउँदै संयोजक ठकुरीले फुटबल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूको रहरलाइ ध्यानमा राख्दै खेलकुद मैदानसम्म आउन र फर्कनको लागि बिभिन्न स्थानबाट यातायातको व्यवस्था पनि गर्न लागिएको बताए ।

    खेलकुद प्रतियोगितामा सहभागिताका लागि प्रति टिम २० केुवेती दिनार टिम दर्ता शुल्क राखिएको जनाउँदै प्रतियोगितमा सहभागी हुने टिमहरूको लागि आगामी शुक्रबार टाइ-सीट तयार गरिने जनाउँदै प्रयोगितामा भाग लिन चाहने टिमहरूले शुक्रबारसम्ममा टिम दर्ता गराउन पनि संयोजक ठकुरीले सबैखेलकुद टिमहरूलाइ अनुरोध गरेका छन् । प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने टिमलाइ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र र मेडल प्रदानगरिने छ भने उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत गरिने जनाइएको छ ।

    कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलहम लगाउँदै मानविय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको भनेर NRNA NCC कुवेतका प्रवक्ता केशर घलानले जानकारी गराएका छन् ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology