Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले चुम्यो

विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले चुम्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३, २०७९ आइतवार • २३:५८:४५ बजे
  • 4.0K
    SHARES
  • विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले चुम्यो

    कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

    images

    अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि हात पारेको हो । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्व कपको उपाधि हात पारेको थियो । फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी हात पारेको थियो ।

    लुसिल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्यो ।अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

    फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology