Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पब्जी विश्वकप : फाइनलमा पुगेका २ नेपाली टोलीले हारेपनि १ करोड पाउने

पब्जी विश्वकप : फाइनलमा पुगेका २ नेपाली टोलीले हारेपनि १ करोड पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७९ सोमवार • १३:२२:४६ बजे
  • 1.3K
    SHARES
  • पब्जी विश्वकप : फाइनलमा पुगेका २ नेपाली टोलीले हारेपनि १ करोड पाउने

    चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा नेपालका दुईवटा टोली अन्तिम चरणमा पुगेको छ ।

    images

    द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका खेलको अन्तिम चरणमा पुगेका हुन् । च्याम्पियन बन्नका लागि आउँदो जनावरीमा उनीहरू विभिन्न देशका अन्य १४ वटा समूहविरुद्ध भिड्नेछन्।

    चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम ४० लाख अमेरिकी डलर घोषणा गरिएको छ।

    उक्त रकम अन्तिम चरणमा पुगेका १६ वटै टोलीलाई उनीहरूले प्राप्त गरेको अङ्कका आधारमा भाग लगाइने छ । त्यसमध्ये सेमिफाइनल चरण पार गरेका नेपाली दुवै समूहले कम्तीमा पनि एक/एक करोड नेपाली रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने निश्चित भइसकेको बताइएको छ।

    अन्तिम चरणको खेलमा उनीहरूले थप्दै जाने अङ्कले पुरस्कार रकम पनि बढाउँदै लग्नेछ। उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पुगेका यी दुई टोली मात्र भने होइनन्।

    सुरुमा विश्वभरिका ४८ समूहको प्रतिस्पर्धा भएको थियो त्यसमा तीनवटा नेपाली टोली थिए। तर नेपालको स्काइलाइट्स गेमिङ चाहिँ बाहिरिएको छ। यद्यपि, उक्त समूहले ३३ हजार डलर बराबरको नगद पुरस्कार प्राप्त गरेको बताइएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology