Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बैदेशिक रोजगारीमा गएका ७३५ नेपाली जेलमा

बैदेशिक रोजगारीमा गएका ७३५ नेपाली जेलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ४, २०७९ सोमवार • १३:२५:४१ बजे
  • 694
    SHARES
  • बैदेशिक रोजगारीमा गएका ७३५ नेपाली जेलमा

    वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका सात सय भन्दा बढी नेपाली जेलमा रहेको पाइएको छ ।

    images

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ का अनुसार ७३५ नेपाली विभिन्न जेलमा रहेका छन् ।

    जसमा ६९६ पुरुष र ३९ जना महिला छन् । सन् २०२१/०२२ मा सबैभन्दा बढी ३४७ जना पुरुष र २४ जना महिला गरी ३७१ जना यूएईको जेलमा रहेका छन् ।

    त्यस्तै साउदी अरेबियाको जेलमा १२७ जना पुरूष र १ जना महिला गरेर १२८ जना छन् । मलेसियाको जेलमा ९६ जना पुरुष र २ जना महिला गरी ९८ जना रहेका छन् ।

    आर्थिक वर्ष २०२०/०२१ मा १७० जना पुरुष मलेसियाको जेलमा रहेका थिए भने १३४ जना पुरुष र ५ जना महिला गरी १३९ जना युएईको जेलमा थिए ।

    उक्त तथ्यांकलाई हेर्दा २०२०/०२१ को तुलनामा २०२१/०२२ मा यूएईको जेलमा नेपालीको संख्या बढेको छ भने मलेसियामा घटेको छ ।

  • सम्बन्धित विषय:

  • # बैदेशिक रोजगारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology