कुवेत - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतद्वारा आयोजना हुने अन्तर नेपाली फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

"शिरमा राखेर देश खेलकुदबाट सन्देश" भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा अल मुल्ला एक्स्चेन्ज (Al Mulla Exchange) को मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट (Immisquare Consultant) र मनकामना एयर कार्गो कम्पनीको सह-प्रायोजनमा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३, २०२२ का दिन फाहहिल स्थित शुक सबाह खेलकुद मैदानमा हुने अन्तर नेपाली फुटबल प्रतिगोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।
उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ केडी, कप, प्रमाणपत्र र मेडल; दोश्रो पुरस्कार नगद १०१केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम, उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपरलाइ पनि पुरस्कृत गरिने जनाइएको छ । १० टिमको दर्ता भएर टाइसिट पनि सार्वजनिक भइसकेको उक्त प्रतियोगितामा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाइ कर्मभुमी बनाइ कर्म गर्दै बस्दै आएका नेपालीहरुको बाक्लो उपस्थिति हुने संयोजक ठकुरीले बताएका छन।
कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलहम लगाउँदै मानवीय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो । यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगितामा नेपाली राजदुतावास कुवेत परिवार र गैर आवासीय नेपाली संघ कुवेत परिवार बिच मैत्रीपुर्ण र रोमान्चक खेल समाबेश हुने एनआरएनए कुवेतका प्रवक्ता केशर घलान तामाङले जानकारी गराएका छन ।