Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वैदेशिक ऋण एक दशकमै दोब्बर

वैदेशिक ऋण एक दशकमै दोब्बर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७९ शुक्रवार • १८:०४:१० बजे
  • 1.3K
    SHARES
  • वैदेशिक ऋण एक दशकमै दोब्बर

    दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ । 

    images

    विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण तीन अर्ब ७८ करोड अमेरिकी डलर थियो । सन् २०२१ सम्म आइपुग्दा उक्त ऋण आठ अर्ब ८५ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक ऋणको प्रवृत्ति हेर्दा पछिल्लो पाँच वर्षमा यसको वृद्धिदर बढी छ । उक्त अवधिमा मात्रै नेपालको वैदेशिक ऋण तीन अर्ब ८९ करोड अमेरिकी डलरले बढेको छ । 

    प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१७ पछि वैदेशिक ऋण लिने क्रममा निरन्तर वृद्धि भइरहेको छ । सन् २०१७ मा चार अर्ब ९६ करोड वैदेशिक ऋण रहेकामा सन् २०१८ मा पाँच अर्ब ५१ करोड डलर पुगेको छ । त्यसपछि एकै वर्षमा अर्थात् सन् २०१९ मा छ अर्ब ५१ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा वैदेशिक ऋण झन् बढेर सात अर्ब ९० करोड डलर पुगेको प्रतिवेदनको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology