Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एनआरएनए एनसीसी कुवेतको फुटबल कपको उपाधि पुर्वेली टाईगरलाई

एनआरएनए एनसीसी कुवेतको फुटबल कपको उपाधि पुर्वेली टाईगरलाई

चन्द्र गाेतामे

चन्द्र गाेतामे

पौष ९, २०७९ शनिवार • २१:५२:३३ बजे
  • 802
    SHARES
  • एनआरएनए एनसीसी कुवेतको फुटबल कपको उपाधि पुर्वेली टाईगरलाई

    कुबेत - गैर आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद्  कुवेतले आयोजना गरेको फुटबल कपको उपाधि पुर्वेली टाईगरले हात पारेको छ । 

    images

    कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा हिजो सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको खेलमा समय अभाबले गर्दा फाइनल खेल पेनाल्टी सुट गरिएको थियो । पेनाल्टी सुटमा  ईलेभेन स्टारलाई पराजित गर्दै पुर्वेली टाईगरले उपाधि हात पारेको हो ।

    ''शिरमा राखेर देश खेलकुदबाट सन्देश” भन्ने मुल नाराका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA-NCC) कुवेतको आयोजनामा अल मुल्ला एक्स्चेन्ज (Al Mulla Exchange) को मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट (Immisquare Consultant) र मनकामना एयर कार्गो कम्पनीको सह-प्रायोजन  फुटबल प्रतियोगिता गरिएको थियो । 

    उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद २०१ केडी, कप, प्रमाणपत्र र मेडल हात पारेको छ भने दोश्रो हुने  टिमले नगद १०१ केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम, उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपरलाइ पनि  नगद सहित मेडल र प्रमाण पत्र हात पारेको छ ।


    प्रतियोगितामा खेललाई आकर्षित बनाउन ३५ उमेर काटेका पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो । जसमा टिम क्याप्टेनहरु एक टिममा रण ध्वोज लामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतका अध्यक्ष र अर्को टिममा नेपाली राजदुतावास कुवेतको टिम रहेका थिए ।  नेपाली दूतावास २ र एनआरएनए ले १ गोल गरेको थियो ।

    प्रतियोगितामा बिजेता, उपविजेता सहितका खेलाडीलाई नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भन्डारीको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।खेलमा १० सशक्त नेपाली टिमहरुले सहभागीता जनाएका थिए ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology