स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङको क्रममा मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना संक्रमण परीक्षण नगर्न निर्देशन दिएको छ ।
यो इन्सिडेन्ट कमाण्ड सिस्टम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय हो, शंकाष्पद मृतकको कोभिड–१९ परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सबै सावधानीहरु अपनाएर दाहसंस्कार गर्ने र निजको नजिकको सम्पर्कमा आउनुभएका सबैजना अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गराउनुपर्ने छ।
मृत्यु भइसकेका व्यक्तिको समेत कोरोना परीक्षण गर्ने गराउने भएकोले त्यसो नगर्न प्रवक्ता डा. गौतमले सुझाउनु भएको हो । यस सम्बन्धी निर्देशिककाहरुलाई परिमार्जन गर्दै लैजाने पनि उहाँले बताउनुभयो ।