Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यसरी खाली गर्नुस् स्मार्टफोनको स्टोरेज

यसरी खाली गर्नुस् स्मार्टफोनको स्टोरेज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७९ बुधवार • १४:०४:११ बजे
  • 694
    SHARES
  • यसरी खाली गर्नुस् स्मार्टफोनको स्टोरेज

    स्मार्टफोनमा उच्च गुणस्तरीय तस्वीर तथा भिडियो लगातार जम्मा भइरहँदा फोन ह्याङ हुने र स्पीड पनि धीमा हुने गर्छ ।

    images

    कहिलेकाहीं स्मार्टफोनमा एकैपटकमा दुईवटा काम गर्नुपर्दा ह्याङ भइहाल्छ । स्मार्टफोन स्लो हुने वा ह्याङ हुने समस्याबाट हामी धेरै पीडित भएका हुन्छौं । यदि तपाईं पनि यस्तो नहोस् भन्ने चाहनुहुन्छ भने तपाईंसँग एउटा विकल्प रहेको छ ।

    जसको सहयोगमा तपाईंले स्मार्टफोनबाट महत्वपूर्ण डाटाहरु नहटाइकन पनि स्टोरेज खाली गर्न सक्नुहुन्छ । स्मार्टफोनमा हरेक दिन निकै धेरै क्याचे डाटा जम्मा हुन्छन् । साथै ठूला ठूला भिडियो तथा फोटोका कारण पनि फोनको स्टोरेज कम हुन जान्छ र स्टोरेज भरिंदा फोनमा समस्या आउन थाल्छ ।

    स्टोरेज भरिंदा फोन ह्याङ हुने र भिडियो चल्ने स्पिडमा पनि कमी आउँछ । यस्तोमा फोनबाट त्यस्ता सामग्री डिलिट गर्नु सबैभन्दा सजिलो उपाय हो । तर पनि यो काम निकै सावधानीपूर्वक गर्नु आवश्यक हुन्छ ।

    यदि तपाईंको स्मार्टफोनमा धेरै क्याच जम्मा भएको छ, जंकफाइल जम्मा भइरहेको छ र फोटो तथा भिडियो आवश्यकता भन्दा धेरै भएका छन् भने तपाईंले आत्तिहाल्नु आवश्यक छैन । यस्तो बेलामा मनिस हतारमा आवश्यक फाइल पनि डिलिट गर्छन् । तर त्यसो गर्नु पर्दैन । तपाईले आफ्नो फोनमा एउटा सानो एप डाउनलोड गरेर त्यसलाई फत्ते गर्न सक्नुहुन्छ ।

    तपाईले गुगल प्ले स्टोरबाट Storage Analyzer & Disk Usage नामक एप डाउनलोड गर्नुहोस् । यो एपको सहयोगमा तपाईंले क्रमबद्ध तरिकाले फोनका कुन-कुन फाइल डिलिट गर्नुपर्ने छ वा छैन भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ र सावधानीपूर्वक अनावश्यक फाइलहरु डिलिट गर्न सक्नुहुन्छ ।

    एजेन्सीको सहयोगमा

  • सम्बन्धित विषय:

  • # स्मार्टफोनको स्टोरेज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology