Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७९ बुधवार • १७:४२:२७ बजे
  • 553
    SHARES
  • नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

    पहिलो संस्करणको नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले रु ५५ लाख प्राप्त गरेको छ । यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले रु ३० लाख पायो ।

    images

    लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । विरानगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए भने पृथु बाँस्कोटाले २३ रन जोडे । त्यस्तै हुसेन तालतले १३ रन बनाए ।

    विराटनगरले १०९ रन समेट्ने क्रममा लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई-दुई विकेट लिए भने किशोर महतो र विपुल शर्माले समान एक-एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियोे ।

    लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरीले २० तथा ईशान पाण्डेले १६ रन बनाए । विरानगरका नन्दन यादव र राज नाननले समान दुई-दुई विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक-एक विकेट लिए । प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो । उसले रु १० लाख पायो ।

    त्यस्तै काठमाडौँ नाइट्स चौथो भयो । काठमाडौँले रु पाँच लाख पायो । यही पुस ९ देखि सुरु भएको प्रतियोगितामा काठमाडौँ नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल टी-२० लिग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology