Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजदेखि काठमाडौं उपत्यका खुल्यो

आजदेखि काठमाडौं उपत्यका खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७७ बिहिवार • ०८:१०:०३ बजे
  • 4.3K
    SHARES
  • आजदेखि काठमाडौं उपत्यका खुल्यो

    आजदेखि काठमाडौं उपत्यकामा सबै पसल र व्यापार खोल्न पाइने भएको छ । यसअघि तोकिएको निश्चित बार र समयमा मात्र पसल खोल्न पाउने व्यवस्था हटेको हो ।

    images
    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर यसअघि लगाइएको पसल खोल्ने समय र बार दुवै प्रावधान हटाएको छ । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यका प्रवेश गर्ने सवारी साधनलाई पनि अर्को आदेश नहुँदासम्म खुला गरिएको छ ।

    तर सार्वजनिक तथा निजी गाडीमा जोरबिजोर प्रणाली भने अर्को व्यवस्था नभएसम्मका लागि कायमै रहेको छ । त्यस्तै शिक्षण संस्था सञ्चालन, गोष्ठी, सभा सम्मेलनमा लगाइएको बन्देज कायमै छ ।

    त्यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा पनि खोल्न पाइने छैन । भिडभाड हुनेबाहेकका अन्य व्यवसाय सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

    यसअघि मन्त्रिपरिषद्को बैठकले आजदेखि लामो दूरीका यातायात, होटेल–रेस्टुरेन्टलगायतका व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology