Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

अख्तियारका तत्कालीन आयुक्त राजनारायण भ्रष्टाचारी ठहर

अख्तियारका तत्कालीन आयुक्त राजनारायण भ्रष्टाचारी ठहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७९ बिहिवार • २०:३३:०९ बजे
  • 331
    SHARES
  • अख्तियारका तत्कालीन आयुक्त राजनारायण भ्रष्टाचारी ठहर

    विशेष अदालत काठमाडौले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ । विशेषले पाठकलाई ३ वर्ष ३ महिना कैदको फैसला सुनाएको छ ।

    images

    भ्रष्टाचार निवारण ऐनअनुसार ३ वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप ३ महिना कैद गर्ने फैसला सुनाएको हो । त्यस्तै, नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई पनि विशेषले ३ वर्ष कैदको फैसला सुनाएको छ ।

    विशेषले तत्कालीन आयुक्त पाठक र न्यौपानेलाई जनही ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।

    आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए । उक्त प्रकरणबाट बच्न उनले आयुक्त पदवाट राजीनामा दिएका थिए ।

    राजीनामा दिएपछि अख्तियारले नै उनीमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो । दुवै जनाविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम जरिवाना र कैद सजाय माग अभियोगपत्रमा गरिएको थियो ।

    आयोगले दायर गरेको मुद्दामा पाठकलाई जरिवाना र कैद सजायका साथै उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा बहाल रहेकै अवस्थामा कसुर गरेको हुँदा थप सजायको समेत माग गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology