Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

टिकटकमा तास खेलाउने चार जना पक्राउ

टिकटकमा तास खेलाउने चार जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७९ बिहिवार • २०:५१:२६ बजे
  • 562
    SHARES
  • टिकटकमा तास खेलाउने चार जना पक्राउ

    सामाजिक सञ्जाल टिकटकमार्फत तास खेलाउने चार जना पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका वडा नं. ३ स्थायी घर भइ हाल ललितपुरको ग्वार्को बस्ने २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सूर्यविनायकका २७ वर्षीय कपिल गिरी, भक्तपुर मध्यपुर ठिमीका २१ वर्षीय प्रेम कठायत र कैलाली गौरीगंगा नगरपालिका स्थायी घर भइ हाल भक्तपुर मध्यपुर ठिमि बस्ने २० वर्षीय डिल्लीराज अवस्थी रहेका छन् ।

    उनीहरूलाई गत मंगलबार उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका स्थानबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूले टिकटक लाइभमार्फत तास खेलाएर डिजिटल वालेटबाट लाखौ कारोबार गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाइभमा जुवा खेलाउने र उनले आफ्ना दुईवटा ईसेवाको खातामा पैसा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ ।

    उनको खातामा १० दिन अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाको कारोबार देखिएको प्रहरीले जनाएको छ । त्यस्तै कपिल गिरीले पोर्कर किङ नामक टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र आफ्ना ३ वटा ईसेवा खातामा मानिसहरुलाई रकम जम्मा गर्न लगाएका थिए ।

    उनले १० दिनमा १० लाख ५२ हजार ९६२ रुपैयाको कारोबार गरेको प्रहरीको भनाइ छ । प्रेम कठायतन र डिल्लीराज अवस्थीले प्रेम नामको टिकटक आईडीबाट लाइभ जुवा खेलाउने र उनीहरुले ईसेवा एकाउन्टमा ६ दिनमा ९३ हजार २१४ रुपैयाँको कारोबार गरेको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त जगाती र ठिमी पठाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चार जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology