Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अन्तरजातीय विवाह गर्नेलाई १ लाख दिने

अन्तरजातीय विवाह गर्नेलाई १ लाख दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७९ शनिवार • ११:२३:५६ बजे
  • 901
    SHARES
  • अन्तरजातीय विवाह गर्नेलाई १ लाख दिने

    मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरुप १ लाख दिने भएको छ ।

    images

    नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।

    नगरपालिकाले दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट पास गरेर दलित छुवाछुत अन्त्यका लागि नीति निमार्ण गरेर सभाबाट बहुमतले पास भएको नगर प्रमुख बिष्णुकुमार भामले बताए ।

    पिछडिएका दलित समुदायको हक अधिकार लागि नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै नगर प्रमुख भामले पालिका भित्रका १ देखि १४ वडा सम्मका १३ सय दलित घरधुरी रहेको समेत बताए ।

    संस्कृति ,बाजा र सीपमुलक आर्यआजनको लागि प्रति घरधुरी पहिलो चरणमा २ हजार ५ सयका दरले दलित भत्ता उपलब्ध गराउने बताएको छ ।

    सो भत्ता अन्तिम पाचँ बर्षको कार्यकालमा ५ हजार सम्म पुर्याउने लक्ष्य रहेको नगर प्रमुखको भामको भनाई छ । विधेयक नगरसभाबाट १० वटा बिभिन्नि नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ ।

    बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ समेत पारित भएको छ ।

    त्यस्तै अपाङ्गता भएका व्यत्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिका स्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने भएको छ ।

    नागरिकको हितका लागि अत्यावश्यक भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, लगायत व्यवसायिक दर्ता तथा नविकरण कार्यनिर्देशीका २०७९, महिला हेल्प डेक्स कार्यविधि, महिलासँग उप प्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशीका नियमावली र विपत्त जोखिम न्युनिकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology