Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

स्रोत नखुलेको १० लाख नगदसहित ४ जना पक्राउ

स्रोत नखुलेको १० लाख नगदसहित ४ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७९ शनिवार • ११:२६:३० बजे
  • 502
    SHARES
  • स्रोत नखुलेको १० लाख नगदसहित ४ जना पक्राउ

    सर्लाहीको छुट्टाछुट्टै स्थानबाट स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

    images

    सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट स्रोत नखुलेको १० लाख ४५ हजार नोटसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    गस्तीमा खटेको प्रहरी टोलीले शुक्रबार साँझ बागमती प्रदेश ०१–०२५ च १७९४ नम्बरको कार जाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाडौं बागेश्वरी मनोहरा नपा-८ बस्ने वर्ष ३२ को पहलाद चापागाई, सोही कारमा सवार मनोहरा–२ बस्ने वर्ष २७ को सनम बस्नेत र मनोहरा-८ बस्ने ३६ वर्षीय शिव चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

    त्यस्तै प्रहरीले मलङ्गवा–२ नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडिबाट दुई लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत जिल्ला सीतामढी ग्राम पञ्चायत मढिया-३, तिलहंगी बस्ने जयलाल महतोको छोरा १९ वर्षीय राहुल रहेको प्रहरीले जनाएको छ । महतो नगदसहित साइकलबाट आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

  • सम्बन्धित विषय:

  • # स्रोत नखुलेको १० लाख
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology