काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको (एन एएनसी एटीआर जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए ।
पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।
हालसम्म ११ जना शव भेटिएको प्रहरीले जनाएको छ । अहिले उद्दार कार्य भइरहेको छ ।