Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यतीको विमान दुर्घटना : भेटियो ब्ल्याक्स बक्स, चार जना अझै बेपत्ता

यतीको विमान दुर्घटना : भेटियो ब्ल्याक्स बक्स, चार जना अझै बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०७९ सोमवार • १२:४८:३३ बजे
  • 493
    SHARES
  • यतीको विमान दुर्घटना : भेटियो ब्ल्याक्स बक्स, चार जना अझै बेपत्ता

    आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ ।

    images

    सोमबार बिहानैदेखि दुर्घटनास्थलमा खोजिकार्य सुरु गरिएको थियो । सोक्रम ब्ल्याकबक्स भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

    आज बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ ।

    विमान दुर्घटनामा ६८ जनाको शव भेटिएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको हो । तीमध्यये २६ जनाको मात्र पहिचान खुलेको छ । तर, शवको पोष्टमार्टम भने अहिलेसम्म पनि हुन सकेको छैन ।

    हराइरहेका ४ जनाको खोजी जारी रहेको शाहीले जनाएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # चार जना अझै बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology