Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालका खेलाडी इन्द्र सुनारको जित

नेपालका खेलाडी इन्द्र सुनारको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७९ बुधवार • २१:००:५४ बजे
  • 718
    SHARES
  • नेपालका खेलाडी इन्द्र सुनारको जित

    थाइल्याण्डको राजधानी बैंककमा भएको यु-२२ (२२ वर्षमुनि) बक्सिङ च्याम्पियनसिपअन्तर्गत ५७ केजी तौल समूहमा नेपालका मुक्केबाज इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।

    images

    बैंककमा आज भएको खेलमा नेपाली मुक्केबाज सुनारले लाओसका खेलाडी सोक्साखुनलाई पराजित गर्दै जित हासिल गरेका हुन् । यसजितसँगै उनी क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

    सुनारले अब क्वाटर फाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन् । त्यसैगरी नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) तर्फ सेमिफाइनलमा प्रवेश भइसकेका छन् ।

    उनीहरूले क्रमशः इन्डोनेसिया खेलाडी मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।

  • सम्बन्धित विषय:

  • # इन्द्र सुनारको जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology