Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

बेलायतका मेयर पोखरामा, भन्छन्- पोखरा देख्दा रोमाञ्चित भएँ

बेलायतका मेयर पोखरामा, भन्छन्- पोखरा देख्दा रोमाञ्चित भएँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७९ बिहिवार • १०:३९:०४ बजे
  • 268
    SHARES
  • बेलायतका मेयर पोखरामा, भन्छन्- पोखरा देख्दा रोमाञ्चित भएँ

    संयुक्त अधिराज्य बेलायतको साउथ वार्कका मेयर सुनील चोपरा पोखरा आएका छन् ।

    images

    बुधबार उनलाई पोखरा महानगरपालिका वडा १३ मा वडाध्यक्ष किरण बरालसहितका जनप्रतिनिधिले स्वागत गरे । त्यसपछि छलफलका क्रममा उनीहरुले अनुभव आदान–प्रदान तथा विकासका कामबारे कुराकानी गरेका थिए ।

    मेयर चोपराले पोखराको सुन्दरताले आफूलाई मोहित बनाएको र योजनावद्ध विकास गर्ने हो भने यो सहर विश्वकै सुन्दर बन्ने बताए ।

    उनले पोखरा देखेर रोमाञ्चित भएको पनि बताए । वडाध्यक्ष बरालले महानगर तथा वडाले प्राथमिकताका साथ गरिरहेको कामबारे जानकारी गराएका थिए । उनीहरुबीच दुई स्थानीय तहबीच सम्बन्ध जोड्ने विषयमा पनि छलफल भएको छ ।

    चोपराले आपसी भाइचारा कायम गर्न र यहाँको विकासमा सहयोग गर्न तयार रहेको बताएका थिए । पोखरा घुम्न आएका मेयर चोपराले विभिन्न पर्यटकीय ठाउँको भ्रमण गरिरहेका छन् ।

    चोपराले बिहीबार बेलायतका राजकुमार चार्ल्स हिँडेको पोखरा–२६ को रुटमा पदयात्राका लागि जाँदैछन् ।

  • सम्बन्धित विषय:

  • # बेलायतका मेयर पोखरामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology