Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

१५ किलो बढी चरेससहित दुई पक्राउ

१५ किलो बढी चरेससहित दुई पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७९ शनिवार • २१:०५:३५ बजे
  • 499
    SHARES
  • १५ किलो बढी चरेससहित दुई पक्राउ

    कञ्चनपुरका दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

    images

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घर भई भीमदत्त नगरपालिका- ३ तिलकपुर बस्ने करन धामीलाई जाँच गर्दा उहाँको साथबाट चरेस बरामद गरेको हो ।

    धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका- १२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको बताएपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए ।

    भट्टको साथबाट ७६ ग्राम लागूऔषध चरेस बरामद भएको उनको भनाइ छ । चरेससहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ ।

    दुवै जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरे पनि आजमात्रै जानकारी गराएको छ ।

  • सम्बन्धित विषय:

  • # चरेससहित दुई पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology