Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ७, २०७९ शनिवार • २१:१३:४६ बजे
  • 721
    SHARES
  • महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

    सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

    images

    फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । प्रदेश नं १ ले दिएको एक सय दुई रनको लक्ष्य पाएको सुदूरपश्चिमले एक बल बाँकी छँदा लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमको जितका लागि अन्तिम ओभरमा आठ रन आवश्यक आवश्यक थियो ।

    जसमा ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरी टिमलाई विजयी बनाए । खेलको सुरुआतमा राम्रो प्रदर्शन नसकेको सुदूरपश्चिमको खेल मध्यक्रमका ब्याटर सम्झना खड्का र डली भट्टले सम्हालेका थिए ।

    सम्झनाले ३३ बलमा दुई चौकासहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा एक चौका र दुई छक्कासहित २२ रनको योगदान दिएका थिए । कविता १९ रनमा अविजित भए ।

    बलिङतर्फ शवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र सङ्गीता राईले १-१ विकेट लिएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो ।

    प्रदेश नं १ का लागि ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुआती साझेदारी गरेका थिए । विजयी भएको सुदूरपश्चिमले नगद रु पाँच लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बुझाएको प्रदेश नं १ ले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology