Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७९ आइतवार • ११:५०:२३ बजे
  • 559
    SHARES
  • सुर्खेतमा जीप दुर्घटना, ४ जनाको मृत्यु

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    images

    पाँचजना सवार बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप गएराति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा जीप चालक वीरेन्द्रनगर ७ का सागर शाही, डुङ्गेश्वर गाउँपालिका ५ का दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ बस्ने बबिन शाही र दैलेखको गुराँस गाउँपालिका ३ का राजेन्द्र बिसीको मृत्यु भएको हो ।

    चारैजनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते एकजनाको उपचार भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology