Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुई युवकको भारतमा अपहरणपछि हत्या

दुई युवकको भारतमा अपहरणपछि हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ८, २०७९ आइतवार • १७:२०:२३ बजे
  • 379
    SHARES
  • दुई युवकको भारतमा अपहरणपछि हत्या

    धनुषाका दुई युवकको भारतमा अपहरणपश्चात् हत्या भएको छ । धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ का जगदीश साहका २५ वर्षीय छोरा रोहित र वडा नम्बर–१३ का रामबाबु साहका २२ वर्षीय छोरा बिष्णुको हत्या भएको हो ।

    images

    दुई साताअघि दुबैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफन्तको घरमा गएका बेला २७ पुसमा एकाएक बेपत्ता भएका थिए । त्यसपछि भोलिपल्ट दुवै जनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म ५० लाख फिरौती माग गरेका थिए । अपहरणकारीले बिष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए ।

    अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गराएका थिए । भारतीय प्रहरी र नेपाल प्रहरी दुवै युवकलाई अपहरण मुक्त गराउन भूमिका खेलेको धनुषाका प्रहरी उपरीक्षक एसपी विश्वराज खड्काले बताए । तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो । तर, आइतबार बिहान भारतको बिहार राज्यस्थित पर्सा गाउँको पश्चिमतर्फ फिल्डमा दुवैजनाको शव फेला परेको छ ।

    उनीहरुको शव फेला पारेपछि मृतक युवकका आफन्तलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहारस्थित प्रहरी कार्यालयमा राखिएको छ ।

    घटनापश्चात प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । घनामा संलग्न रहेको आशंकामा धनुषा प्रहरीले २ जना र भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको धनुषाका एसपी खड्काले जानकारी दिए ।

    उनका अनुसार पक्राउ गरिएकाहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भारतमा अपहरणपछि हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology