Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तीन फिट हिउँ जमेपछि स्थानीय खुसी

तीन फिट हिउँ जमेपछि स्थानीय खुसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७९ सोमवार • १०:३८:१९ बजे
  • 292
    SHARES
  • तीन फिट हिउँ जमेपछि  स्थानीय खुसी

    लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको हुम्लाको सिमकोट-हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ ।

    images

    सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो। प्रमुख जिल्ला अधिकारी सीता परियारले दुई दिन लगातारको हिमपातपछि उत्तरी सीमा क्षेत्र यारीदेखि हिल्सासम्मको सडक यातायात बन्द भएको बताइन् ।

    गत असोज कात्तिकमा परेको हिउँ सडकमा जम्दा त्यसयता सो क्षेत्रमा सडक बन्द हुँदै आएको थियो। उक्त सडकमा जमेको हिउँ गत पुस १७ र १८ गते नाम्खा गाउँपालिकाले डोजर लगाएर पन्छाएपछि साढे तीन महिनापछि सडक नियमित भएको थियो।

    उहाँले दुई हप्ताभन्दा बढी समय सञ्चालन भएको यारी–हिल्सा क्षेत्रको सडक यातायात सेवा पुनः बन्द भएको बताए । चार हजार छ सय मिटर अग्लो स्थानमा रहेको नारा लेक क्षेत्रको सडक हिउँले सेताम्मे भएपछि यातायात सेवा सञ्चालन हुन नसक्ने भएको हो।

    चीनले एकतर्फी नाका खुलाएपछि हिल्सामा व्यापारी प्रयोजनका लागि खाद्यान्न, लत्ताकपडा र विकास निर्माणको सामान हिल्सामा आयात भएको थियो। हिमपातले सडक बन्द भएपछि उक्त सामान हिल्सामै रोकिएको छ।

    सडक बन्द भएपछि सामानका साथै व्यापारी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी, यारी नाका भन्सारका कर्मचारी र हिल्साका स्थानीयलाई आउजाउमा समस्या भएको छ।

    अब सो क्षेत्रको हिमपात डोजरले नपन्छाएसम्म यातायात सेवा सञ्चालन हुने छैन। उत्तरी नाम्खा गाउँपालिकामा तेस्रो पटक हिमपात भए पनि सदरमुकाम सिमकोटलगायतका क्षेत्रमा भने पहिलो पटक हिमपात भएको छ ।

    सुरुमा परेको हिउँ बिलाउने गरेको भए पनि यतिबेला भने एक फिटभन्दा बढी हिउँ जमिनमा जमेको छ। हिमपातले चिसो अत्यधिक बढेको छ भने दुई दिनदेखि हवाई सेवा बन्द छ । यस वर्षको पहिलो हिमपात भएका कारण स्थानीयमा भने खुसी ल्याएको छ।

  • सम्बन्धित विषय:

  • # तीन फिट हिउँ जमेपछि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology