Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल टी-२० : म्याच फिक्सिङमा १० जना संलग्न भएको प्रहरीको ठहर

नेपाल टी-२० : म्याच फिक्सिङमा १० जना संलग्न भएको प्रहरीको ठहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ९, २०७९ सोमवार • १४:४३:०६ बजे
  • 811
    SHARES
  • नेपाल टी-२० : म्याच फिक्सिङमा १० जना संलग्न भएको प्रहरीको ठहर

    पहिलो संस्करणको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा भएको स्टप र म्याच फिक्सिङमा कम्तिमा १० जनाको संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

    images

    गत महिना काठमाडौंमा भएको उक्त लिगमा भएको म्याच फिक्सिङबारे अनुससन्धन गरिरहेको प्रहरीको केन्द्रीय अनुसान्धन ब्युरो (सिआईबी)ले चार नेपाल र ६ विदेशी खेलाडी संलग्न भएको ठहर गरेको हो ।

    जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको सीआईबीले जनाएको छ । पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो ।

    समितिले अनुसन्धान अन्तिम चरणमा पु¥याउँदै स्पट फिक्सिङमा कम्तिमा १० जना संलग्न रहेको प्रहरीले निष्कर्ष निकाले हो । प्रतियोगिताकै क्रममा नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा नेपाल टी–२० लिगमा काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको बताएपछि उक्त प्रकरण सतहमा आएको थियो ।

    फिक्सिङको प्रस्ताव आएपछि उनले ‘एन्टी करप्सन युनिट’लाई खबर गरेका थिए । फिक्सिङसम्बन्त्री विवादबारे बुझ्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टोलीसमेत नेपाल आएको थियो। तर नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी– २० लिगमा म्याच फिक्सिङ नभएको दाबी गरेको थियो । म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ ।

    स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology