बाजुराको बडीमालिका नगरपालिका–१ पिनालेकका एक गर्भवती महिलाको मृत्यु भएको छ ।
२६ वर्षीया गर्भवती जानकी विकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मुटु सम्बन्धि रोगबाट पनि ग्रसित जानकीलाई डाक्टरले उपचारका लागि भारत लैजान अस्पतालले सिफारिस गरेको थियो ।
ढिलो गरि लैजाँने क्रममा बाटोमै गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लगिएको थियो । तर अस्पताल पुग्नुअघि नै उनको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।
विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो ।