Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भिनाजुसँग प्रेम- १४ वर्षीया बालिकाले जन्माइन् बच्चा

भिनाजुसँग प्रेम- १४ वर्षीया बालिकाले जन्माइन् बच्चा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७९ मंगलवार • १४:१४:४६ बजे
  • 709
    SHARES
  • भिनाजुसँग प्रेम- १४ वर्षीया बालिकाले जन्माइन् बच्चा

    कञ्चनपुरमा एक १४ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् ।

    images

    जिल्लाको बेलौरी नगरपालिका– ८ कलकत्ताकी ती बालिकाले माघ ४ गते घरमै छोरा जन्माएकी हुन् । नाबालिगले बच्चा जन्माएपछि प्रहरीले घरमै गएर छानबिन थालेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

    शिशु भारतीय नागरिक दयाराम गुप्ताको रहेको परिवारका सदस्य तथा बालिकाले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले उनीहरूको बयानका आधारमा भारतको बरेलीमा बस्दै आएका गुप्ताविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको छ ।

    प्रहरीका अनुसार गुप्ता नाताले ति बालिकाको भिनाजु पर्छन् । प्रेम सम्बन्ध गाँसेर विवाहको लागि भन्दै भारत लैजाँदै गर्दा केहि समयअघि सीमामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

    वैशाख १८ गते इलाका प्रहरी कार्यालयमै गुप्तासँग विवाहको लागि भारत जाँदै गरेको परिवारका सदस्यहरूले बयान दिएपछि १९ गते परिवारको जिम्मा लगाइएको थियो ।

    ति बालिका र गुप्ताबीच सहमतिमै सम्बन्ध भएर बच्चा जन्मिएको भएपनि नाबालिग भएका कारण गुप्ताविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology