Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७९ बुधवार • ०९:४०:०३ बजे
  • 496
    SHARES
  • आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

    आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल खन्याएर आफैलाई आगो लगाएका आचार्यको आज निधन भएको हो ।

    images

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको डा. किरण नकर्मीले जानकारी दिए । डा. नकर्मीका अनुसार आचार्यको शरीर ८० प्रतिशत जलेको थियो ।

    आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन्। उनले केही समय आचार्यसँग कुराकानी गरेकी थिइन् ।

    आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेख्दै डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै मृत्युको बाटो रोजेको बताएका थिए ।

    आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो थियो।

  • सम्बन्धित विषय:

  • # प्रेम आचार्यको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology