Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बोतल र जर्किनमा भरेर पेट्रोल बेच्न प्रतिबन्ध

बोतल र जर्किनमा भरेर पेट्रोल बेच्न प्रतिबन्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७९ बुधवार • ११:४०:१२ बजे
  • 373
    SHARES
  • बोतल र जर्किनमा भरेर पेट्रोल बेच्न प्रतिबन्ध

    नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ ।

    images

    काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएपछि रोक लगाइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना निकालेर पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुन सक्ने भन्दै बोतल, जर्किनमा पेट्रोललगायत नराख्न भनेको छ ।

    जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ । मंगलबार संसद भवन अगाडी इलामका प्रेम आचार्यले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका थिए ।

    उनको उपचारको क्रममा आज बिहान कीर्तिपूरस्थित बर्न अस्पतालमा मृत्यु भइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # बोतल र जर्किन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology