Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रेमप्रसाद आत्मदाह- सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

प्रेमप्रसाद आत्मदाह- सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७९ बुधवार • १४:१५:१६ बजे
  • 349
    SHARES
  • प्रेमप्रसाद आत्मदाह- सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन

    ऋणका कारण इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

    images

    सरकारी नीतिका कारण आचार्य ऋणमा परेको र हजारौं कृषक तथा साना उद्यमीको अवस्था उस्तै रहेको भन्दै विभिन्न संघसंस्थाहरुले प्रदर्शन गरेका हुन् ।

    काठमाडौंको माइतीघरमा जम्मा भएका विभिन्न संघसंस्थामा आवद्ध युवाले प्लेकार्डमा सरकार विरोधी रानाहरु लेखेर प्रदर्शन गरेका हुन् । आचार्यले मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका थिए ।

    लगत्तै उद्धार गरेर उपचारका लागि कीर्तिपुर पुर्याइए पनि आज बिहान उनको निधन भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology