Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रेमप्रसादको आफन्तले भने- राज्यले वास्तै गरेन

प्रेमप्रसादको आफन्तले भने- राज्यले वास्तै गरेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ११, २०७९ बुधवार • १४:१७:५४ बजे
  • 343
    SHARES
  • प्रेमप्रसादको आफन्तले भने- राज्यले वास्तै गरेन

    नयाँ बानेश्वरस्थित संसद भवनअगाडि मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका आफन्त अहिले कीर्तिपुर अस्पतालमा भेला भएका छन् । तर, उनीहरुले शवको जिम्मा लिएका छैनन् ।

    images

    राज्यको जिम्मेवार कोही उपस्थित नभएको भन्दै उनीहरुले शव बुझ्न नमानेका हुन् । मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान निधन भएको थियो ।

    मृतक आचार्यका मामा बसन्त भट्टराईले मृत्युपछि सरकारको तर्फबाट कुनै पहल भएको बताए । उनले दुई बजेसम्म समय मागेको भन्दै त्यसपछि पनि राज्यबाट कुनै रेस्पोन्स नआए शव लिएर जाने बताए ।

    प्रहरी र अस्पताल प्रशासनले समेत जतिसक्दो शव बुझ्न दवाव दिएको उनले बताए । मंगलबार साँझ आचार्यलाई भेट्न राज्यमन्त्री कार्की पुगेकी थिइन् ।

    त्यतिबेला मृत्युको मुखमा रहेका आचार्यले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्न पठाइदिन आग्रह गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राज्यले वास्तै गरेन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology