Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्दीपमाथि ‘नाबालिग बलात्कार मुद्दा’ कायमै, टिममा फर्काउने क्यानको तयारी

सन्दीपमाथि ‘नाबालिग बलात्कार मुद्दा’ कायमै, टिममा फर्काउने क्यानको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७९ बिहिवार • १८:३३:५२ बजे
  • 433
    SHARES
  • सन्दीपमाथि ‘नाबालिग बलात्कार मुद्दा’ कायमै, टिममा फर्काउने क्यानको तयारी

    नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने साता अघि घरौटीमा रिहा भएका छन् । तर, उनले सफाइ पाइसकेका छैनन् ।

    images

    काठमाडौं छोड्न समेत प्रशासनको अनुमति माग्नुपर्ने अवस्थामा रहेका सन्दीपबारे पूर्ण फैसला हुन बाँकी नै छ । तर, नेपाल क्रिकेट संघ क्यानले भने उनलाई खेलमा फकाउने प्रयास सुरु गरेको छ ।

    नाबालिग बलात्कार आरोप लागेपछि कप्तान समेत रहेका सन्दीपलाई क्यानले निलम्बन गरेको थियो । तर, धरौटीमा रिहा भए लगत्तै क्यानले खेलमा फर्काउने प्रयास थालेको हो ।

    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई खेलमा फर्काउने प्रयास भइरहेको बताए । तर, उनले नेपालको विद्यमान कानुनलाई आधार मान्ने भनेका छन् ।

    अध्यक्ष चन्दले भने– ‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ । के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।

    कानुनले जे भन्दा हामी त्यही गर्छौ ।’ सन्दीपमाथि लागेको आरोपमाथि पूर्ण फैसला भइनसकेकाले उनलाई अहिलेकै अवस्थामा खेलमा फर्काउन उपयुक्त नहुने धेरैको मत रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology