Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रेमप्रसादले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

प्रेमप्रसादले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०७९ बिहिवार • १९:२६:२१ बजे
  • 415
    SHARES
  • प्रेमप्रसादले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

    संसद भवन अगाडि आत्मदह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।

    images

    इलामका आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्था विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ ।

    आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरी परिसरमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् ।

    बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको थियो । आचार्यले ठूला व्यापारिक संस्थान, घरानाका कारण आफू आर्थिक रुपमा डुबेको स्टाटसमा आरोप लगाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology