Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रोनाल्डो सम्मिलित अल नासर सुपर कपबाट बाहिरियो

रोनाल्डो सम्मिलित अल नासर सुपर कपबाट बाहिरियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७९ शुक्रवार • १२:३६:४२ बजे
  • 487
    SHARES
  • रोनाल्डो सम्मिलित अल नासर सुपर कपबाट बाहिरियो

    क्रिस्टियानो रोनाल्डो सम्मिलित टिम अल नासर साउदी अरब सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ ।

    images

    बिहीबार राति भएको खेलमा अल इत्तिहादसँग ३–१ ले पराजित हुँदै बााहिरिएको हो । घरेलु टोली अल इत्तिहादले १५औँ मिनेटमा रोमारिनोको गोलबाट अग्रता लिएको थियो । ४३औँ मिनेटमा अब्देराजक हमदुल्लाहले अग्रता दोब्बर बनाए ।

    ६७औँ मिनेटमा एन्डरसन टालिस्काले गरेको गोलबाट अल नासरले पुनरागमनको प्रयास गरेको थियो । तर, इन्ज्युरी समयमा मुहन्नद शान्कीतीले गोल गरेपछि इत्तिहादले सहज जित दर्ता गर्‍यो ।

    इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झैता भंग भएपछि रोनाल्डो साउदी क्लब अल नासरमा गएका थिए । उनले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्धको खेलबाट क्लबमा डेब्यु गरेका थिए ।

    रोनाल्डोले आइतबार अल इत्तिफकविरुद्धको खेलबाट साउदी प्रिमियर लिगमा डेब्यु गरेका थिए । साउदी अरब प्रिमियर लिगमा अल नासर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा अल हिलाल छ ।

    अल हिलाल पनि गए राति अल फेइहासँग १–० ले पराजित हुँदै सुपर कपबाट बाहिरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology