Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केपी ओली कप विजेतालाई १० लाख पुरस्कार

केपी ओली कप विजेतालाई १० लाख पुरस्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७९ शनिवार • ११:१७:५६ बजे
  • 796
    SHARES
  • केपी ओली कप विजेतालाई १० लाख पुरस्कार

    राष्ट्रिय युवा संघको आयोजनामा फागुन दोस्रो साता केपी ओली कप फुटबल च्याम्पियनसिप हुने भएको छ ।

    images

    संघले फागुन ११ देखि १७ सम्म प्रतियोगिताको मिति निर्धारण गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा एडिभिजनका ७ र आयोजकसहित ८ टिम सहभागी हुनेछन् ।

    सहभागी टिमको छनोट खुला आवेदनबाट गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदान ललितपुर र फाइनल दशरथ रंगशालामा गर्ने युवा संघको तयारी छ।

    लिग चरणका खेल एन्फा कप्लेक्सको खेल मैदानमा पनि हुनेछन् । विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले १ लाख, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उदीयमान खेलाडीले पचासरपचास हजार जित्नेछन्।

    व्यावसायिक फुटबललाई प्रवर्द्धन गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा गोल्डकप आयोजना गर्न लागिएको युवा संघले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # केपी ओली कप विजेता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology