Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नेपाल सरकारका सबै वेबसाइट ह्याकरको कब्जामा

नेपाल सरकारका सबै वेबसाइट ह्याकरको कब्जामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७९ शनिवार • १७:४४:०८ बजे
  • 463
    SHARES
  • नेपाल सरकारका सबै वेबसाइट ह्याकरको कब्जामा

    इन्टरनेट सर्भरमा समस्या आएपछि नेपाल सरकारका सबै वेबसाइट डाउन भएका भएका छन् ।

    images

    सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइटहरु अहिले खुलेका छैनन् ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार शनिबार विहानैदेखि सर्भरमा समस्या आएको थियो । तर, दिउँसोमात्र सर्भर डाउन भएको हो । सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

    राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार सर्भरमा ह्याकरको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएका छन् । अहिले समाधान गर्ने गरी काम भइरहेको उनले बताएका छन् ।

    सर्भर डाउन भएकै कारण शनिबार त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

    नागरिक उड्यनका अनुसार फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डियालगायत अन्तर्राष्ट्रिय उडानहरु अहिले रोकिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology