Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७९ बिहिवार • ११:३८:०१ बजे
  • 487
    SHARES
  • त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानेडियन नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

    images

    बुधबार राती दुबइबाट आएका एकजना क्यानेडियन नागरिक ९ किलो १३५ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा बुधबार राती १२ बजे काठमाडौं आएका क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल मोहगोबलाई हवैध सुन सहित पक्राउ परेका हुन् ।

    उनी पहिलो पटक नेपाल आएको प्रवक्ता पाण्डेको भनाइ छ । उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले जनकारी दिए ।

    उनलाई पक्राउ गरि अहिले गौशाला प्रहरी वित्तमा राखिएको छ । उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology