Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्दीप लामिछाने आजदेखि बन्द प्रशिक्षणमा

सन्दीप लामिछाने आजदेखि बन्द प्रशिक्षणमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७९ शुक्रवार • ०९:१६:०२ बजे
  • 496
    SHARES
  • सन्दीप लामिछाने आजदेखि बन्द प्रशिक्षणमा

     क्रिकेटर सन्दीप लामिछाने मैदानमा फर्किएका छन् । सन्दीपलाई आजबाट नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षणमा रहने भएका छन् । नाबालिग बलात्कारको अभियोगमा ९९ दिन जेल बसेर हालै जेलमुक्त भएका सन्दीप आइसिसी विश्वकप लिग–२ अन्तर्गत खेलका लागि बन्द प्रशिक्षणमा रहने भएका हुन् ।

    images


    आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई समेट्दै दोस्रो चरणको राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ ।

    क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० जनाको टिम बिहीबार साँझ घोषणा गरेको हो । जसमा सन्दीप पनि परेका हुन् । यसअघि पहिलो चरणमा २८ सदस्यीय टिम घोषणा भएको थियो ।


    सन्दीपलाई बिहीबारदेखि नै होटलमा राखिएको राष्ट्रिय क्रिकेट टिमका प्रमुख छनोटकर्ता दीपेन्द्री चौधरीले बताएका छन् । उनले शुक्रबार फिटनेस ट्रेनर, फिजियो र प्रशिक्षकले सन्दीपको अवस्था हेर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिज फागुन २ मा सुरू भएर फागुन ९ मा सकिनेछ । लिग–२ को ९ वटा सिरिजमध्ये नेपालले आफ्नो सातौं सिरिज खेल्न लागेको हो । यस्तै नेपालले लिग–२ मा आफ्नो दोस्रो सिरिज घरेलु मैदानमा खेल्दैछ ।

    यो सिरिजपछि नेपालले पपुवा न्युगिनी र युएईविरुद्धको सिरिज घरेलु मैदानमा खेल्नेछ भने यी दुवै टिमविरुद्धको अन्तिम सिरिज पपुवा न्युगिनीमा खेल्नेछ । तर, मिति भने तय भइसकेको छैन ।

    नेपालको दोस्रो चरणको टिम


    कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमलसिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ र अर्जुन साउद

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology