Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • १८:४१:५८ बजे
  • 394
    SHARES
  • मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

    सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको अभियोग लागेका मनोज पाण्डेलाई काठमाडौं जिल्ला अदालतले ७ वर्ष कैदको सजाय तोकेको छ ।

    images

    गत माघ १० गते न्ययााधीश दीपक ढकालको इजलासले मानव बेचबिखनसम्बन्धी मुद्दामा पाण्डेलाई दोषी ठहर गरेको थियो । तर, सजाय निर्धारण हुन बाँकी थियो । सोमबार सजाय निर्धारण गर्दै ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति गराउने निर्णय गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

    यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो । मनोज पाण्डे मानव बेचबिखनमा पनि दोषी ठहर, सजाय माघ २३ मा निर्धारण हुने पाण्डेमाथि आठ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको आडमा बलत्कार गरेको आरोप पीडित युवतीले लगाएका थिए ।

    सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको पाण्डेलाई आपरोप लगाएका थिए ।

    लगत्तै न्यायका लागि आवाज उठेको थियो । जाहेरी दिँदै पाण्डेमाथि अनुसन्धान भएको थियो । अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दायर गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # ७ वर्ष कैद सजाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology