Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टर्की भूकम्पमा परि गोलकिपर तुर्कास्लानको निधन

टर्की भूकम्पमा परि गोलकिपर तुर्कास्लानको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७९ बुधवार • १०:३६:४२ बजे
  • 589
    SHARES
  • टर्की भूकम्पमा परि गोलकिपर तुर्कास्लानको निधन

    टर्की भूकम्पमा परि गोलकिपर अहेमेत इयुप तुर्कास्लानको निधन भएको छ ।

    images

    तुर्कास्तानले व्यावसायिक फुटबल खेलिरहेको क्लब यनी मलात्यास्पोरले सोमबार गएको शक्तिशाली भूकम्पमा परि उनको निधन भएको पुष्टि गरेको हो ।

    टर्की र सिरियामा सोमबार बिहानै ७.८ रेक्टरको भूकम्प गरेको थियो । सो भूकम्पमा परि हालसम्म ८ हजार मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

    क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ– ‘हाम्रा गोलकिपर अहेमेत इयुप तुर्कास्लानले भूकम्पमा परि ज्यान गुमाएका छन् । हार्दिक श्रद्धाञ्जली, सुन्दर मान्छे, हामी तिमीलाई भुल्न सक्दैनौ ।’

    सन् २०२१ मा टर्कीको दोस्रो डिभिजनको क्लब मलात्यास्पोरमा अनुबन्ध भएका २८ वर्षका तुर्कास्लानले ६ खेल खेलेका थिए ।

  • सम्बन्धित विषय:

  • # तुर्कास्लानको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology