Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यी हुन् जिल्लाको कमाण्ड सम्हाल्ने ९ सीडीओ महिला

यी हुन् जिल्लाको कमाण्ड सम्हाल्ने ९ सीडीओ महिला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७९ बुधवार • १४:०१:०६ बजे
  • 466
    SHARES
  • यी हुन् जिल्लाको कमाण्ड सम्हाल्ने ९ सीडीओ महिला

    प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा महिलाको प्रतिनिधित्व निकै कम छ । तर, पहिल्लो समय जिल्ला हाँक्ने महिलाको संख्या बढ्दै गइरहेको छ ।

    images

    यसअघि सानो संख्यामा महिला सीडीओले जिल्लाको कमाण्ड सम्हाल्ने मौका पाए पनि यसपटक भने देशका विभिन्न जिल्लामा एकैपटक ९ महिला सीडीओ खटिएका छन् ।

    गृह मन्त्रालयले ताप्लेजुङ, धनकुटा, मनाङ, सुनसरी, सिन्धुली, बाग्लुङ, अर्घाखाँची, ओखलढुंगा र डोटीमा पहिलोपटक महिला सीडीओ खटाएको हो ।

    एकैपटक ९ जना महिला सहसचिव र उपसचिवले पहिलोपटक जिल्लाको कमाण्ड सम्हाल्ने मौका पाएको गृह प्रवक्ता जितेन्द्र बस्नेतले बताए । उनका अनुसार मापदण्ड पुगेका र सक्षम महिलालाई सीडीओ बनाइएको हो ।

    ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्यालले जिल्लाको कमाण्ड सम्हालेका छन् ।

    त्यस्तै, सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सिडिओ छन् । नेपालमा पहिलोपटक उषा नेपाल महिला सीडीओ बनेका थिए ।

    उनी ०४७ सालमै पहिलोपटक भक्तपुरको महिला सिडिओ बनेका हुन् ।

  • सम्बन्धित विषय:

  • # ९ सीडीओ महिला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology