Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोनाविरुद्धका ९ खोप

कहिले आउलान कोरोनाविरुद्धका ९ खोपहरु बजारमा

कहिले आउलान कोरोनाविरुद्धका ९ खोपहरु बजारमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • ११:५६:१६ बजे
  • 2.3K
    SHARES
  • कहिले आउलान कोरोनाविरुद्धका ९ खोपहरु बजारमा
    एजेन्सी । चीनबाट कोरोना भाइरस सुरु भएदेखि अहिलेसम्मको अवधी १० महिना पुगेको छ ।
    यो अवधिमा विश्वभरका वैज्ञानिकहरु यसविरुद्धको खोप बनाउन लागि परेका छन । विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार अहिलेसम्म १ सय ७६ वटा खोप विकासको काम चलिरहेको छ । जसमध्ये ३५ वटा खोप क्लिनिकल ट्रायलको चरणमा पुगेका छन । तर अहिलेसम्म सफलता हात लागेको छैन । अहिलेसम्म ८ वटा खोपहरु मात्रै परीक्षणको अन्तिम चरणमा पुगेका छन । जसले जुनसुकै बेला पनि शुभ समाचार दिन सक्ने सम्भावना रहेको छ । जसमध्ये अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप ChAdOx 1 परीक्षणको तेस्रो अर्थात अन्तिम चरणमा छ ।


    यसलाई खोप विकासको दौडमा सबैभन्दा अगाडी रहेको भनिएको छ । हालै परीक्षणका क्रममा एकजना सहभागी विरामी परेका कारण यसको परीक्षणमा रोक लगाइएको थियो भने पुनः सुरु पनि भैसकेको छ । हाल यसको परीक्षण भारतमा भैरहेको छ । एस्ट्राजेनेकाको दावी अनुसार सन २०२१ को सुरुवातमा यो खोप बजारमा आउने छ । त्यस्तै अमेरिकी कंपनी फाइजर र जर्मनी कंपनी बायोएनटेकको खोप पनि परीक्षणको अन्तिम चरणमा रहेको छ । गत जुलाईमा दुवै कंपनीले अन्तिम चरणको परीक्षणका क्रममा खोप सफल सावित भएको बताएका थिए । जसअनुसार अक्टोबरको अन्तसम्ममा सरकारी स्विकृतिका लागि आवेदन गरिनेछ । हालै मात्र बायोएनटेकका संस्थापक एवं सिइओ उगुर साहिनले खोप अक्टोबरको अन्त्यसम्ममा उपलब्ध हुने बताएका थिए ।


    अमेरिकी सरकारले खोपको १० करोड डोज खरिद गर्न सम्झौता पनि गरिसकेको छ । त्यसैगरी अन्तिम चरणको परीक्षणको क्रममा रहेको चिनियाँ कंपनी केन्सिनो बायोलोजिक्स ईन्कले बनाएको खोप Ad5-nCoV ले पेटेन्ट राइट पाइसकेको छ । बेईजिङ ईन्स्टिच्युट अफ बायोटेक्नोलोजीको सहयोगमा निर्मित यो खोप चिनियाँ सेनाहरुमा प्रयोगसमेत भैसकेको छ । वैज्ञानिकहरुका अनुसार यो खोप यस बर्षको अन्त्यसम्ममा बजारमा आउनसक्ने बलियो सम्भावना रहेको छ ।
    त्यसैगरी रुसको गामलेया रिसर्च ईन्स्टिचयुटले विकास गरेको खोप स्पुतनिक भी पनि अन्तिम चरणको परीक्षणको क्रममा छ । यसअघि ११ अगस्टमा रुसले यो खोप सार्वजनिक गरिसकेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित र प्रभावकारी रहेको बताएका थिए । अहिले यो खोप आम नागरिकहरुलाई दिने क्रम चलिरहेको छ । भारतीय औषधि कम्पनी डा.रेड्डीजको प्रयोगशालामा स्पुतनिक भी खोपको उत्पादनका लागि सम्झौता पनि भैसकेको छ । त्यसैगरी जनसन एण्ड जनसनको औषधि कम्पनी जनसेनले आफुले विकास गरेको खोपको सेप्टेम्बरको अन्तसम्ममा तेस्रो चरणको परीक्षण थाल्ने योजना बनाएको छ ।
    यो कंपनीले ब्रिटेनलाई खोपको १० करोड डोज बिक्री गर्ने सम्झौता गरिसकेको छ । जनसेनले बताए अनुसार सन २०२१ सम्ममा खोपको सय करोड भन्दा बढी डोज विश्वब्यापी स्तरमा उपलब्ध गराइनेछ । त्यसैगरी चीनको सिनोवेक बायोटेक कंपनीले विकास गरेको खोप ‘कोरोनाभेक’ ले तेस्रो चरणको परीक्षणका लागि १६ जुलाईमा स्विकृति पाएको थियो ।

    कंपनीले यो खोप बनाउन गत जनवरीबाट सुरु गरेको थियो । कंपनीले यो बर्षको अन्तसम्म खोप बजारमा ल्याउने लक्ष्य लिएको छ । त्यस्तै चीनकै अर्को फर्मा कंपनी सिनोफार्मले केही दिन अगाडी यस बर्षको अन्त्यसम्म कोरोनाविरुद्धको खोप बजारमा ल्याउने घोषणा गरेको थियो । अहिले यो खोपको युएईमा अन्तिम चरणको परीक्षण चलिरहेको छ ।

    प्राप्त खबर अनुसार यो खोपको २ डोजको मुल्य १७ हजार १२० रुपैयाँ पर्छ । यसैगरी सिनोफार्मले अर्को खोपको पनि विकास गरेको छ । उहान ईन्स्टिचयुट अफ बायोलोजिकल प्रोडक्ट्सको सहयोगमा तयार पारिएको यो खोप पनि अन्तिम चरणको परीक्षणको क्रममा छ । यसले विश्वमै पहिलो पटक तेस्रो चरणको परीक्षण सुरु गरेको थियो । कोरोना महामारीको उद्गमस्थल उहानमा यो खोपको विकास भएको हो । त्यसैगरी अमेरिकाको औषधि कंपनी मोर्डेनाले विकास गरेको खोप mRNA-1273 हाल अन्तिम चरणको परीक्षणको क्रममा छ ।

    यो परीक्षणमा ३० हजार मानिसहरु सहभागी भएका छन । यो परीक्षणलाई सेप्टेम्बर महिनासम्म पुरा गर्ने लक्ष्य राखिएको छ । कंपनीले यही बर्षको डिसेम्बरसम्म खोप बजारमा ल्याउने योजना बनाएको बिजनेस इनसाइडरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology