Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

दुर्घटनामा पूर्व गाविस अध्यक्ष साहको मृत्यु

दुर्घटनामा पूर्व गाविस अध्यक्ष साहको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७९ शुक्रवार • ११:५८:३० बजे
  • 172
    SHARES
  • दुर्घटनामा पूर्व गाविस अध्यक्ष साहको मृत्यु

    सिम्रौनगढमा भएको मोटरसाइकल दुर्घटनामा परेर नेकपा एमालेका कार्यकर्ता एवं साविक देवापुरटेटा गाविसका अध्यक्ष महावीर साह कानुको बिहीबार साँझ मृत्यु भएको छ ।

    images

    साहले चलाएको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको अर्को मोटरसाइकसँग ठोक्किँदा उनको साँझ ६ बजे घटनास्थलमा नै मृत्यु भएको हो ।

    सिम्रौनगढ बजारबाट ना १ प ६८८८ नम्बरको मोटरसाइकल चलाएर सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटास्थित घरतर्फ जाने क्रममा गण्डक नहर सडकको कोल्ड स्टोर अगाडि विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५१४१ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो ।

    दुर्घटनापछि ७० वर्षीय साहको घटनास्थलमा नै मृत्यु भएको सिम्रौनगढ प्रहरीले जानकारी दिएको छ । घटनामा अर्को मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका वडा ४ गंगानगरका २२ बर्षिय वाल्मीकी यादवले समान्य घाइतेसमेत भएका छन ।

    उनको कलैया प्रदेशिक अस्पतालमा उपचार भइरहेकोे ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ ।

    साह ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट देवापुरटेटा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष साहको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology