Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निहारिका राजपुत र शिवराजले गरे विवाह

निहारिका राजपुत र शिवराजले गरे विवाह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७९ शुक्रवार • १४:११:५९ बजे
  • 451
    SHARES
  • निहारिका राजपुत र शिवराजले गरे विवाह

    कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् ।

    images

    उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् । तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो । मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए ।

    जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् । निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् ।

    उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् ।

    यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो । सविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन् ।

    उनको विरोधपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई पनि जिल्ला अदालत तानिएका थिए ।

    बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ । निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डीएनए परीक्षणको माग गरेकी थिइन् । परीक्षण गर्दा डीएनए पनि मिलेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology