Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता

आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७९ आइतवार • १०:१३:४१ बजे
  • 544
    SHARES
  • आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता

    चिकित्सकमाथी भरएकाे आक्रमणकाे विरोधमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच सिंहदरबारमा बिहानैदेखि वार्ता भइरहेको छ ।

    images

    राट्रपतिको सवारीको क्रममा हिडेको भन्दै ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथी कुटपिट गरेको घटनामा नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेपछि समस्या समाधानका लागि दुई पक्ष वार्तामा जुटेका हुन् ।

    वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी वार्तामा ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीसमेत सहभागी छन् ।

    माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

    स्वास्थ्य मन्त्रालयले आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन पनि नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ । उक्त घटनामा प्रहरीले डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

  • सम्बन्धित विषय:

  • # सरकारी टोलीबीच वार्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology