Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आन्दोलनकारीले जलायो प्रहरीको गाडी र बिट

आन्दोलनकारीले जलायो प्रहरीको गाडी र बिट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७९ सोमवार • १९:३८:५० बजे
  • 496
    SHARES
  • आन्दोलनकारीले जलायो प्रहरीको गाडी र बिट

    काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर आन्दोलनरत यातायात मजदुरहरुको हड्ताल र आगजनीका कारण बालाजु क्षेत्र तावग्रस्त बनेको हो ।

    images

    आन्दोलित यातायात मजदुरहरुले बालाजुमा प्रहरीको दुई वटा भ्यान जलाएका छन् । उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका हुन् ।

    यस्तै उनीहरुले माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी बिट जलाएका छन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ पछिल्लो समय ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध आन्दोलनरत छन् ।

    आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ ।

  • सम्बन्धित विषय:

  • # आन्दोलनकारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology