Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यातायात मजदुरको आन्दोलन : सार्वजनिक सवारी ठप्प, यात्रुलाई सास्ती

यातायात मजदुरको आन्दोलन : सार्वजनिक सवारी ठप्प, यात्रुलाई सास्ती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७९ मंगलवार • १०:१२:०३ बजे
  • 328
    SHARES
  • यातायात मजदुरको आन्दोलन : सार्वजनिक सवारी ठप्प, यात्रुलाई सास्ती

    यातायात मजदुरको आन्दोलनले काठमाडौंको यातायात सेवा प्रभावित भएको छ । नेपाल यातायात मजदुर संघको हडतालका कारण मंगलबार बिहानैदेखि उपत्यकाका सार्वजनिक सवारीसाधन चलाइएको छैन ।

    images

    उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन फाट्टफुट्ट चले पनि नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द छन् । अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन् ।

    सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन् । निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालनमा रहेको छ । नयाँ बसपार्कका ठेकेदार कम्पनी लोत्से बहुउदेश्यीय प्रालिका महाप्रवन्धक, कर्मचारीलगायत ३० जना अपरिचित व्यक्तिले यातायात मजदुरलाई आक्रमण गरेको भन्दै सोमबार यातायात मजदुर हिंसात्मक प्रदर्शनमा उत्रिएका थिए ।

    बालाजुको बसपार्क क्षेत्रमा ट्राफिक नियमविरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले दुई वटा प्रहरी भ्यान र प्रहरी बिट समेत जलाएका जलाएका थिए । त्यस्तै ट्राफिक आइल्यान्ड पनि भत्काएका थिए ।

    प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए । त्यस्तै उनीहरूले बालाजुमा रहेको ल्होत्से मलमा पनि ढुंगामुढा गरी तोडफोड गरेका थिए।

  • सम्बन्धित विषय:

  • # यात्रुलाई सास्ती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology