Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्न निर्देश

ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्न निर्देश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७९ मंगलवार • १७:५४:५१ बजे
  • 556
    SHARES
  • ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्न निर्देश

    सोमबार यातायात मजदुरको आन्दोलनमा नयाँ बसपार्कस्थित ल्होत्से मलमा लुटपाट गर्नेलाई कारबाही गर्ने गृहमन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ । सोमबार आन्दोलनकारीको एक समूहले ल्होत्से मलमा सञ्चालित पसलबाट मोवाइल लुटपाट गरेका थिए ।

    images

    उनीहरुले लुटपाट गरेको भिडियोहरु समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आज (मंगलबार) गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई टेलिफोन गरी उक्त घटनामा संलग्नको पहिचान गरेर कारबाही गर्न निर्देशन दिएका हुन् ।

    सोमबार मलबाट आठ करोडभन्दा बढीको सामन लुटिएको व्यावसाहीले जनाएका छन् । सोमबार नयाँ बसपार्कको ब्यवस्थापन लिएको ल्होत्से समूहले यातायात व्यवसायीमाथि हातपात गरेको भन्दै उक्त समूहको मलमा आन्दोलनकारीले तोडफोड गरेका थिए ।

    त्यसैबेला आन्दोलनकारीले करोडौंको सामान चोरी भएको ल्होत्से मलका व्यवसायीहरुको भनाइ छ । सीसीटिभी फुटेजको आधारमा लुटपाटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # ल्होत्से मलमा लुटपाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology