Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुस्ताङमा बस दुर्घटना, दुई भारतीयसहित १७ जना घाइते

मुस्ताङमा बस दुर्घटना, दुई भारतीयसहित १७ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७९ बुधवार • १३:१७:०८ बजे
  • 847
    SHARES
  • मुस्ताङमा बस दुर्घटना, दुई भारतीयसहित १७ जना घाइते

    मुस्ताङ जोमसोमबाट पोखराका आउदै गरेको ना ७ ख ७४४० नम्बरको बस कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् ।

    images

    बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ थुम्पु भन्ने ठाँबाट म्याग्दी कोरोला यातायातको उक्त बस सडकबाट बस कालीगण्डकीमा खसेर देर्घटनाग्रस्त भएको हो ।

    बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

    बस करिब ४५ मिटर तल खसेको हो । बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।

    गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको पोडेलले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मुस्ताङमा बस दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology