Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

भारतका ५ पूर्वसेनाध्यक्ष एकसाथ काठमाडौं आउँदै

भारतका ५ पूर्वसेनाध्यक्ष एकसाथ काठमाडौं आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७९ बुधवार • १७:२१:२२ बजे
  • 259
    SHARES
  • भारतका ५ पूर्वसेनाध्यक्ष एकसाथ काठमाडौं आउँदै

    भारतीय स्थल सेनाका पाँच जना पूर्वप्रमुख एकसाथ नेपाल आउने भएका छन् । नेपाली सेनाको स्थापना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा भाग लिन पूर्वप्रमुखहरु एकसाथ नेपाल आउन लागेका हुन् ।

    images

    हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइने गर्छ । यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरु गर्न लागिएको जनाइएको छ ।

    जसमा भारतका बहालवाला सेनापतिसहित ११ पूर्व सेना प्रमुखहरुलाई नेपाली सेनाले आमन्त्रण गरेको छ । आमन्त्रण गरेका ११ मध्ये पाँच पूर्वभारतीय सेनाध्यक्ष नेपाल आउने तय भएको नेपाली सेनाले जनाएको छ ।

    काठमाडौं आउने तय भएका भारतीय सेनाका पूर्व प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवणे छन् । नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमकाबीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो । यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमकाबीच मनाएको थियो ।

    नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ । फागुन ७ गते जंगी अड्डामा परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने तय भएको छ ।

    ७ गते नै नेपाली सेनाको मुखपत्र सिपाही विमोचन गरिनेछ। यस्तै सैनिक इतिहाससम्बन्धी पुस्तक पनि विमोचन गरिने सेनाले जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology